द ब्रिटिस स्कुलद्वारा समाचारको खण्डन

काठमाडौँ । ललितपुरको झम्सिखेलस्थित ‘द ब्रिटिस स्कुल’ले देश दुनिया खबर डटकममा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खण्डन गरेको छ। स्कुलका तर्फबाट अख्तियारप्राप्त प्रतिक खड्काले पठाएको पत्रमा मिति २०८१/०८/११ गते प्रकाशित “नेपालको कानुनलाई चुनौती दिँदै ‘द ब्रिट…

काठमाडौँ । ललितपुरको झम्सिखेलस्थित ‘द ब्रिटिस स्कुल’ले देश दुनिया खबर डटकममा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खण्डन गरेको छ।

स्कुलका तर्फबाट अख्तियारप्राप्त प्रतिक खड्काले पठाएको पत्रमा मिति २०८१/०८/११ गते प्रकाशित “नेपालको कानुनलाई चुनौती दिँदै ‘द ब्रिटिस स्कुल’ मा विदेशीको रजाईं, अध्यागमनमा उजुरी” शीर्षकको समाचार भ्रामक र कपोकल्पित रहेको उल्लेख गरिएको छ।

खण्डनमा कुनै व्यक्तिले अध्यागमन विभागमा उजुरी दर्ता गराएको आधारमा मात्रै, सम्बन्धित तथ्यको सत्य–तथ्य छानबिन नगरी तस्बिर तथा विवरण सार्वजनिक गर्नु बदनियतपूर्ण रहेको पत्रमा उल्लेख छ। अनलाइन माध्यमले व्यक्तिगत गोपनीयता उल्लङ्घन र व्यावसायिक आचारसंहिता विपरीत नियतवश बदनाम गर्ने उद्देश्य राखेको देखिएको स्कुलले दाबी गरेको छ।