आत्मदाह प्रयास गरेका चौधरीको मृत्यु

धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका युवकको काठमाडौं ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-७ का ३५ वर्षीय ज्योति चौधरी रहेको प्रहरीले जनाएको छ । चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उनलाई आफ…

धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका युवकको काठमाडौं ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-७ का ३५ वर्षीय ज्योति चौधरी रहेको प्रहरीले जनाएको छ ।

चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उनलाई आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए ।

गम्भीर अवस्थाका उनलाई थप उपचारका लागि काठमाडौं ल्याउँदा ल्याउँदै बाटैमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले जनाएका छन् ।