बाढीपीडितलाई सहयोग गर्न चाहनुहुन्छ ? यी हुन् सहयोग गर्ने ३ स्थान

सरकारले भोटेकोशी बाढीपीडितलाई सघाउन सहज होस भनी राहत सामग्री संकलन गर्न तीन स्थान तोकेको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाई मार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदाम घरमा जम्मा गरिनेछ। त्यसपछि आवश्यक

बाढीपीडितलाई सहयोग गर्न चाहनुहुन्छ ? यी हुन् सहयोग गर्ने ३ स्थान

सरकारले भोटेकोशी बाढीपीडितलाई सघाउन सहज होस भनी राहत सामग्री संकलन गर्न तीन स्थान तोकेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाई मार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदाम घरमा जम्मा गरिनेछ। त्यसपछि आवश्यकताअनुसार सरकारले नै प्रभावित क्षेत्रमा वितरण गर्नेछ।

यस्तै, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनीस्थित नेपाली सेनाको ब्यारेकमा पनि राहत सामग्री संकलन गरिनेछ। संकलित सामग्री आवश्यकताअनुसार प्रभावित क्षेत्रमा वितरण गरिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बाढी प्रभावितका लागि राहत सहयोग गर्न चाहनेले सरकारले तोकेका स्थानमा नै सामग्री पुर्‍याउनुपर्नेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदाम घरमा राहत सामग्री जम्मा गर्न चाहनेले डब्लुएफपीका प्रतिनिधि श्रद्धा भट्टलाई ९९८४१८७९२२२०, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकमा राहत सामग्री दिन चाहनेले नेपाली सेनाका आविष्कारलाई ९९८५१२३४३२४० र धादिङको बैरेनीस्थित ब्यारेकमा राहत सामग्री दिन चाहनेले दिलीप घलेलाई ९९८५११५४२२६० सम्पर्क गर्न सक्नेछन्।

साथै, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पनि राहत सहयोग गर्न सकिने जनाइएको छ।

आर्थिक सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सक्नेछन्। उक्त कोषका लागि हिमालयन बैंकको डलर खाता, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, राष्ट्रिय वाणिज्य बैंक, एभरेस्ट बैंक, नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, नबिल बैंक र कृषि विकास बैंकमार्फत तथा राष्ट्रिय वाणिज्य बैंकको क्यूआर कोडमार्फत रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।