रसुवा बाढी : ७३४ को शव भेटियो, २४ सय बढी अझै सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका विभिन्न क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १४ गते बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै ७३४ जनाको शव फेला परेको जनाएको छ।प्राधिकरणका अनुसार सबैभन्

रसुवा बाढी : ७३४ को शव भेटियो, २४ सय बढी अझै सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका विभिन्न क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १४ गते बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै ७३४ जनाको शव फेला परेको जनाएको छ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी चितवनबाट २५९, नवलपरासी पूर्वबाट १४८, नवलपरासी पश्चिमबाट ८२, नुवाकोटबाट ५२, धादिङबाट ५०, गोरखाबाट ४८, तनहुँबाट ३६ र रसुवाबाट १३ जनाको शव भेटिएको छ। यस्तै २४२ जना घाइतेको उपचार भइरहेको छ।

अझै पनि २,४९८ जना नागरिक सम्पर्कविहीन रहेका छन्। जसमा ५६२ जना रसुवा, ५८९ जना विदेशी नागरिक, १३३ जना जलविद्युत् आयोजनाका कामदार, १२७ जना विदेशी पर्यटकसँग गएका नेपाली र सुरक्षाकर्मीहरूसमेत रहेका छन्।

सुरक्षा निकायको एकीकृत प्रयासबाट हालसम्म ८,१८६ जनाको सकुशल उद्धार गरिएको छ। जलविद्युत्को सुरुङभित्र थुनिएका २७९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ भने २२७ जना विदेशी नागरिकको पनि उद्धार भइसकेको छ।

प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन, खाद्यान्न तथा ग्यास-इन्धन ढुवानी र उपचारको प्रबन्ध मिलाइएको प्राधिकरणले जनाएको छ।