रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजीमा आफन्तहरूले अस्पतालका भित्तामा उनीहरूका तस्बिर टाँसेका छन्।
बाढीमा हराएका आफन्तको खोजीका लागि मारजगञ्जस्थित टिचिङ अस्पतालका भित्ताहरू अहिले बेपत्ता व्यक्तिका तस्बिरले भरिएको छ।
बाढी आएको २/३ दिन देखि आफन्त तथा परिवारजनहरू अस्पतालमा पुगेर तस्बिर टाँस्दै खोजी गरिरहेका छन्।
