रसुवा बाढीका कारण मृतकको संख्या ९३९ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिले साँझ ६ बजेसम्म ९३९ शव फेला परेका छन् ।
प्राधिकरणका अुनसार हालसम्म सबैभन्दा बढी चितवनमा २७९ शव फेला परेका छन् ।
यस्तै, पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १६९, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ जनाको शव फेला परेको छ ।
यस्तै, साँझसम्मको तथ्यांकअनुसार तीन हजार ९२५ जना सम्पर्कविहीन रहेका छन् ।
यस्तै, प्राधिकरणले हालसम्म २७९ जना घाइते रहेको जनाएको छ । जसमध्ये १६८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
नेपाली सेनाले दुई हजार ७०० जनाको उपचार गरेको पनि प्राधिकरणले जनाएको छ ।
