गन्हाउन थाले शव, हेलिकोप्टरबाट ओसार्न विशेष ‘बकेट’ मगाइँदै

भोटेकोशी बाढीपछि रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा थुप्रिएका शव व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। शवहरू गन्हाउन थालेपछि निजी हेलिकप्टरबाट सिधै शव बोक्न आनाकानी गरेको छ ।टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा रहेका शव दुर्गन्धित भएपछि निजी हेलिकोप्टर कम्पनीहरुले हेलीभित्र खाली शव राखेर ल्याउन नसकिने बता

गन्हाउन थाले शव, हेलिकोप्टरबाट ओसार्न विशेष ‘बकेट’ मगाइँदै

भोटेकोशी बाढीपछि रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा थुप्रिएका शव व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। शवहरू गन्हाउन थालेपछि निजी हेलिकप्टरबाट सिधै शव बोक्न आनाकानी गरेको छ ।

टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा रहेका शव दुर्गन्धित भएपछि निजी हेलिकोप्टर कम्पनीहरुले हेलीभित्र खाली शव राखेर ल्याउन नसकिने बताएका छन् ।

शव हेलिकप्टरमार्फत अन्यत्र लैजा विशेष ‘बकेट’ मगाउने तयारी गरिएको छ। हेलिकप्टरमा सिँधै शव राखेर लैजान दुर्गन्ध फैलिएपछि शवलाई सुरक्षित रूपमा राखेर ओसारपसार गर्न मिल्ने बकेट प्रयोग गर्ने तयारी गरिएको हो।

बाढीपछि रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा निजी क्षेत्रका हेलिकप्टरमार्फत खोज तथा उद्धार कार्य जारी छ।