भोटेकोशी बाढी : बेपत्ताको शव नपाएपछि कुशको शव बनाएर अन्त्येष्टि गर्न थाले आफन्त

भोटेकोशी बाढीमा परेर बेपत्ता भएकाहरूको शव एक सातासम्म पनि फेला नपरेपछि आफन्तहरूले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन्।बेपत्ता भएको लामो समय बितिसक्दा पनि खोजीबाट शव फेला नपरेपछि पशुपतिको आर्यघाटमा कुशको शव बनाएर दाहसंस्कार गर्ने आफन्तको संख्या बढ्दै गएको छ।बेपत्ता व्यक्ति जीवितै भेटिने आशा

भोटेकोशी बाढी :  बेपत्ताको शव नपाएपछि कुशको शव बनाएर अन्त्येष्टि गर्न थाले आफन्त

भोटेकोशी बाढीमा परेर बेपत्ता भएकाहरूको शव एक सातासम्म पनि फेला नपरेपछि आफन्तहरूले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन्।

बेपत्ता भएको लामो समय बितिसक्दा पनि खोजीबाट शव फेला नपरेपछि पशुपतिको आर्यघाटमा कुशको शव बनाएर दाहसंस्कार गर्ने आफन्तको संख्या बढ्दै गएको छ।

बेपत्ता व्यक्ति जीवितै भेटिने आशा कमजोर हुँदै गएको र शव फेला पर्ने सम्भावना पनि न्यून देखिएपछि परिवारजनले धार्मिक विधिअनुसार अन्तिम संस्कार सुरु गरेका हुन्।

बाढीमा बेपत्ता आफन्तको पर्खाइमा रहेका परिवारका लागि शवसमेत नपाई अन्त्येष्टि गर्नुपर्ने अवस्था थप पीडादायी बनेको छ।