चीनतर्फ फसेका ११४ नेपाली तातोपानी नाका हुँदै नेपाल फर्किए

रसुवामा आएको विनाशकारी बाढीका कारण चीनतर्फ फसेका ११४ जना नेपाली बिहीबार तातोपानी नाका हुँदै नेपाल आइपुगेका छन् ।बाढीका कारण चीनतर्फ फसेका १४७ नेपालीमध्ये ११४ जनालाई चिनियाँ पक्षले सुरक्षित रूपमा तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो ।सिन्धुपाल्चोकका प्रमुख जिल्ला अ

चीनतर्फ फसेका ११४ नेपाली तातोपानी नाका हुँदै नेपाल फर्किए

रसुवामा आएको विनाशकारी बाढीका कारण चीनतर्फ फसेका ११४ जना नेपाली बिहीबार तातोपानी नाका हुँदै नेपाल आइपुगेका छन् ।

बाढीका कारण चीनतर्फ फसेका १४७ नेपालीमध्ये ११४ जनालाई चिनियाँ पक्षले सुरक्षित रूपमा तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार, नेपाल आइपुगेका ११४ जनामध्ये ११३ जना रसुवाका नागरिक छन् भने एक जना काठमाडौंका रहेका छन् ।

चिनियाँ पक्षले नेपाल फर्काइएका नागरिकको राहदानी नम्बरलगायत विवरणसमेत नेपाली अधिकारीलाई उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

नेपाल आइपुगेका उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी काठमाडौं लाने तयारी भइरहेको छ ।

रसुवामा आएको बाढीका कारण ठूलो संख्यामा नेपाली तथा विदेशी नागरिक प्रभावित भएका थिए । बाढीपछि चीनतर्फ फसेका नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउने पहल भइरहेको छ ।