त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट आयो मानिसको आवाज, फसेकाहरू जीवितै रहेको आशा

भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ ।खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत प्राप्त भएको इन्जिनियर श्रीराम न्यौपानेले बताएका छन् । उनका अनुसार उद्धारमा खटिएको नेपा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट आयो मानिसको आवाज,  फसेकाहरू जीवितै रहेको आशा

भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ ।

खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत प्राप्त भएको इन्जिनियर श्रीराम न्यौपानेले बताएका छन् । उनका अनुसार उद्धारमा खटिएको नेपाली सेनाबाट सुरुङभित्र मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएको हो ।

न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको जानकारी दिएका छन् । उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि सुरुङभित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको उनले उल्लेख गरेका छन् ।

हाल नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइरहेको छ । सुरुङभित्रबाट मानिसको आवाज सुनिनु फसेकाहरू जीवितै रहेको हुनसक्ने आशाजनक संकेतका रूपमा लिइएको छ ।

उद्धार कार्य भने अझै जारी छ।