सानो उमेर, ठूलो मन : भोटेकोशी बाढीका हराएकाको खोजीमा विवेक

भोटेकोशी बाढीमा हराएका व्यक्तिहरूको खोजी अभियानमा सक्रिय १२ वर्षीय बालक विवेक परियार अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् ।लमजुङका विवेकले काठमाडौंको टिचिङ अस्पताल, महाराजगञ्ज परिसरमा भोटेकोशी बाढीपछि हराइरहेका व्यक्तिहरूका फोटो टाँस्दै उनीहरूको खोजीमा सहयोग गरिरहेका छन् । उनको मानवीय प्रयासबारे सा

सानो उमेर, ठूलो मन : भोटेकोशी बाढीका हराएकाको खोजीमा विवेक

भोटेकोशी बाढीमा हराएका व्यक्तिहरूको खोजी अभियानमा सक्रिय १२ वर्षीय बालक विवेक परियार अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

लमजुङका विवेकले काठमाडौंको टिचिङ अस्पताल, महाराजगञ्ज परिसरमा भोटेकोशी बाढीपछि हराइरहेका व्यक्तिहरूका फोटो टाँस्दै उनीहरूको खोजीमा सहयोग गरिरहेका छन् । उनको मानवीय प्रयासबारे सामाजिक सञ्जालमा चर्चा बढेसँगै अस्पताल परिसरमा सञ्चारकर्मीको समेत घुइँचो लागेको छ ।

कक्षा ५ मा अध्ययनरत विवेक हाल महेन्द्र राष्ट्र माध्यमिक विद्यालय, बालुवाटारमा पढ्दै आएका छन् । सानै उमेरमा विपद्मा परेका परिवारलाई सहयोग गर्न उनले देखाएको सक्रियता र सामाजिक भावनाको अहिले चौतर्फी प्रशंसा भइरहेको छ ।

हराइरहेका व्यक्तिहरूको खोजीमा आफैं अघि सरेर सहयोग गरिरहेका विवेकको प्रयासले विपद्का बेला मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ ।