भोटेकोशी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना अभियानमा सहयोग पुर्याउँदै तपोवनले प्रधानमन्त्री राहत कोषमा १५ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
बोधिसत्व स्वामी आनन्द अरुणसहित तपोवनका संन्यासीहरूले आज नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
बाढीका कारण घर, जीविकोपार्जन तथा आफन्त गुमाएका समुदायप्रति सहानुभूति व्यक्त गर्दै तपोवनले संकटका बेला करुणालाई व्यवहारिक सहयोगमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएको छ ।
तपोवनले राहत तथा पुनःस्थापनाका लागि गरिएको सहयोगलाई साझा मानवीय जिम्मेवारीको अभिव्यक्ति भन्दै यसले विपद्बाट प्रभावितलाई केही राहत र देशलाई पुनर्निर्माण तथा पुनःस्थापनाको यात्रामा बल पुग्ने विश्वास व्यक्त गरेको छ ।
