भोटेकोशी बाढी : १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज तथा उद्धार कार्यका क्रममा हालसम्म १ हजार ३ सय ४१ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले दिएको पछिल्लो अपडेट अनुसार मृतकमध्ये ५ सय २३ पुरुष, ३ सय २५ महिला र ४ सय ९३ वटा आंशिक अंग रहेका छन्।बाढीका कारण अझै ४ हजार ४४ जना नागरिक बेपत्ता रहेका

भोटेकोशी बाढी : १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज तथा उद्धार कार्यका क्रममा हालसम्म १ हजार ३ सय ४१ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले दिएको पछिल्लो अपडेट अनुसार मृतकमध्ये ५ सय २३ पुरुष, ३ सय २५ महिला र ४ सय ९३ वटा आंशिक अंग रहेका छन्।

बाढीका कारण अझै ४ हजार ४४ जना नागरिक बेपत्ता रहेका छन्। बेपत्ता हुनेमा ३ हजार ४ सय ३८ जना स्वदेशी र ६ सय ६ जना विदेशी नागरिक रहेका छन्।

प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि ७ हजार ९ सय १२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। उद्धार कार्यका क्रममा बाढीबाट ६५ जना प्रहरी कर्मचारी प्रभावित भएका छन् भने २५ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

बाढीमा परी घाइते भएका ९ हजार १ सय ५१ जनाको उद्धार गरी उपचार तथा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। हाल ३ हजार ९८ जना प्रभावितहरूलाई होल्डिङ्ग सेन्टरमा राखिएको प्रहरीले जनाएको छ।

पहिचान हुन नसकेका शवहरूको पहिचानका लागि डीएनए संकलन कार्यलाई तीव्रता दिइएको छ। हालसम्म १ हजार २ सय ८६ मृतक र १ हजार १ सय ८६ आफन्त गरी कुल २ हजार ४ सय ७२ वटा डीएनए नमुना संकलन गरिएको छ। फेला परेकामध्ये ९८ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ भने १ हजार ३७ वटा शव जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको प्रहरीको विवरणमा उल्लेख छ।