बाढीपीडितको मानसिक पीडा कम गर्न १५० बढी स्वास्थ्यकर्मी परिचालन

रसुवा लगायतका विभिन्न जिल्लामा आएको त्रिशूली बाढी तथा पहिरोबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले १५० भन्दा बढी स्वास्थ्यकर्मीलाई मनोसामाजिक परामर्शका लागि परिचालन गरेको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी तथा पहिरोबाट ठूलो मानवीय क्षति

बाढीपीडितको मानसिक पीडा कम गर्न १५० बढी स्वास्थ्यकर्मी परिचालन

रसुवा लगायतका विभिन्न जिल्लामा आएको त्रिशूली बाढी तथा पहिरोबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले १५० भन्दा बढी स्वास्थ्यकर्मीलाई मनोसामाजिक परामर्शका लागि परिचालन गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी तथा पहिरोबाट ठूलो मानवीय क्षति भएपछि प्रभावित क्षेत्रमा राहत, उद्धार र उपचारसँगै पीडितको मानसिक स्वास्थ्यमा समेत ध्यान दिइएको हो।

बाढी तथा पहिरोमा परी हालसम्म १ हजार ३ सय ५६ जनाको मृत्यु भएको छ भने ४ हजार ९ सय ९४ जना अझै सम्पर्कविहीन छन्। विपद्मा परी ६ हजार ६ सय ७६ जना घाइते भएका छन्।

विपद्को त्रास, आफन्त गुमाएको पीडा तथा विस्थापनका कारण प्रभावित नागरिकमा देखिन सक्ने मानसिक तनाव र मनोसामाजिक समस्यालाई सम्बोधन गर्न स्वास्थ्यकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

यसैबीच, प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३ सय ९६ जनाको उद्धार गरिएको छ। रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा ३ हजार ५ सय ३३ जनालाई सुरक्षित राखिएको छ।

सरकारले उद्धार र उपचारसँगै प्रभावित क्षेत्रमा राहत वितरणलाई समेत तीव्रता दिएको जनाएको छ। मनोसामाजिक परामर्शसहित स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यले विपद्बाट प्रभावित नागरिकलाई मानसिक रूपमा समेत सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।