कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन गरेको छ ।केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यसअघि तय गरिएको कार्यतालिका संशोधन गरेको हो ।परिमार्जित कार्यतालिकाअनुसार गाउँ–नगर अधिवेशन ३ र ४ असोजमा हुने भएको छ। निर्वाचन

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन गरेको छ ।

केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यसअघि तय गरिएको कार्यतालिका संशोधन गरेको हो ।

परिमार्जित कार्यतालिकाअनुसार गाउँ–नगर अधिवेशन ३ र ४ असोजमा हुने भएको छ। निर्वाचन समितिले स्थानीय अनुकूलताअनुसार दुई दिनमध्ये कुनै एक दिन अधिवेशन गर्न सकिने जनाएको छ ।

यसअघि वडा अधिवेशन २४ भदौमा गर्ने गरी कार्यतालिका परिमार्जन गरिएको थियो। नयाँ कार्यतालिकाअनुसार ७ असोजमा गाउँ–नगर तथा १० असोजमा प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने भएका छन्।

निर्वाचन समितिले भने केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरेको छैन ।

यसअघिको निर्णयअनुसार कांग्रेसको केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म नै हुने निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए ।