सालिकको अनुहार सहिदसँग नमिलेपछि जेनजी सहिद स्मारकको उद्घाटन स्थगित

सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको सालिकको अनुहार सहिदसँग नमिलेपछि उद्घाटन स्थगित गरिएको छ ।सालिक निर्माण समितिले प्रतिमा पुनर्निर्माण गरी एक महिनाभित्र नयाँ सालिक तयार गर्ने जनाएको छ ।२०८२ भदौ २३ र २४ मा भएको आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सरकारले सहिद घोषणा गरेपछि सालिक निर्माण

सालिकको अनुहार सहिदसँग नमिलेपछि जेनजी सहिद स्मारकको उद्घाटन स्थगित

सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको सालिकको अनुहार सहिदसँग नमिलेपछि उद्घाटन स्थगित गरिएको छ ।

सालिक निर्माण समितिले प्रतिमा पुनर्निर्माण गरी एक महिनाभित्र नयाँ सालिक तयार गर्ने जनाएको छ ।

२०८२ भदौ २३ र २४ मा भएको आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सरकारले सहिद घोषणा गरेपछि सालिक निर्माणको काम अगाडि बढाइएको थियो ।

सहिद पार्कमा उद्घाटनका समयमा सालिक र सहिदको अनुसार मेल नखाएपछि उद्घाटन रोकिएको हो ।