अग्रवाल सेवा केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा ४१ लाख सहयोग

अग्रवाल सेवा केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ४१ लाख रुपैयाँ सहयोग गरेको छ।अग्रवाल सेवा केन्द्रका सदस्यहरूको तर्फबाट केन्द्रका अध्यक्ष गिरधारी अग्रवालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ४१ लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका हुन्।सोही अवसरमा अग्रवाल युवा मञ्चले बाढी प्रभावित क्ष

अग्रवाल सेवा केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा ४१ लाख सहयोग

अग्रवाल सेवा केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ४१ लाख रुपैयाँ सहयोग गरेको छ।

अग्रवाल सेवा केन्द्रका सदस्यहरूको तर्फबाट केन्द्रका अध्यक्ष गिरधारी अग्रवालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ४१ लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका हुन्।

सोही अवसरमा अग्रवाल युवा मञ्चले बाढी प्रभावित क्षेत्रमा १० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्न लागेको जानकारी गराइएको थियो। उक्त राहत सामग्री बाढी प्रभावित क्षेत्रमा नै पुगेर वितरण गरिने जनाइएको छ।

वरिष्ठ उद्योगी राजेन्द्र खेतानले प्राकृतिक विपद्का समयमा नागरिकको जीवन रक्षा तथा पुनर्निर्माणका लागि आफूहरूले पनि हातेमालो गरेको बताए। विपद्का बेला राज्यको कदममा सहयोग गर्नु हरेक नागरिकको कर्तव्य भएको उनको भनाइ थियो।

यस्ता संकटका समयमा सरकार, निजी क्षेत्र र आम नागरिकबीच घनिष्ठ एकता र सहकार्य आवश्यक रहेकोमा पनि खेतानले जोड दिए।