भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति, ७ अर्ब २४ करोडको नोक्सानी

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । बाढीका कारण बैंक तथा वित्तीय क्षेत्रमा ७ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति भएको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवे

भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति, ७ अर्ब २४ करोडको नोक्सानी

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । बाढीका कारण बैंक तथा वित्तीय क्षेत्रमा ७ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति भएको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार सबैभन्दा बढी क्षति कृषि विकास बैंकमा भएको छ । बैंकको एउटा शाखामा मात्रै ६५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

त्यस्तै, सिटिजन्स बैंकको एउटा शाखा प्रभावित हुँदा १ करोड ५६ लाख रुपैयाँको क्षति भएको छ । ग्लोबल आइएमई बैंकको एउटा शाखामा ११ लाख, हिमालय बैंकको एउटा शाखामा ७५ लाख तथा लक्ष्मी सनराइज बैंकको एउटा शाखामा १ करोड १२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

माछापुच्छ्रे बैंकको एउटा शाखामा ७५ लाख र नबिल बैंकको एउटा शाखामा ६३ लाख रुपैयाँको क्षति भएको छ ।

एनआईसी एसिया बैंकका तीन वटा शाखा प्रभावित हुँदा ८८ लाख रुपैयाँ तथा नेपाल इन्भेष्टमेन्ट बैंकका तीन वटा शाखामा ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यसैगरी, एनएमबी बैंकको एउटा शाखामा ४ लाख, प्रभु बैंकका दुई वटा शाखामा ५३ लाख तथा सानिमा बैंकको एउटा शाखामा ६३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनले देखाएको छ ।

नुवाकोट र रसुवामा बैंकिङ क्षेत्रमा क्षति

प्रतिवेदनअनुसार बाढी प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय सेवासहितका संरचनामा ठूलो क्षति पुगेको छ ।

नुवाकोटको विदुर नगरपालिकामा बैंकका चार वटा शाखामा ६७ करोड १३ लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ११ वटा शाखामा ४ करोड २३ लाख, कालिका गाउँपालिकामा एउटा शाखामा २८ लाख तथा उत्तरगया गाउँपालिकामा एउटा बैंकको शाखामा ७५ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

बैंक तथा शाखामा भएको क्षतिबाहेक पनि थप १९ करोड ५९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

यसअन्तर्गत नुवाकोटको विदुरमा ६ करोड ४० लाख, रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ९ करोड ५३ लाख, कालिका गाउँपालिकामा ७९ लाख तथा उत्तरगया गाउँपालिकामा ३ करोड २३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनले देखाएको छ ।