जनकपुरधाममा ‘सोफा हब’ सञ्चालनमा आएको छ। नयाँ सोफा खरिदसँगै सामाजिक सञ्जालमा लाइक, कमेन्ट, सेयर र फलो गर्ने ग्राहकलाई समेत विशेष उपहार दिने योजना सोफा हबले सार्वजनिक गरेको छ।
सोफा हबका अनुसार लाइक, कमेन्ट, सेयर र फलोलाई प्राथमिकता दिँदै विभिन्न अफर सञ्चालन गरिएको छ। यसअन्तर्गत छनोटमा पर्ने ग्राहकलाई निःशुल्क सोफा उपलब्ध गराइने जनाइएको छ।
दशैं–तिहारलाई लक्षित गर्दै सोफा हबले विशेष छुट तथा उपहार योजना पनि ल्याएको छ। ग्राहकले सोफा तथा अन्य सामान खरिद गर्दा १ हजारदेखि १० हजार रुपैयाँसम्म क्यास डिस्काउन्ट पाउनेछन्। साथै, दशैं–तिहारको अवसरमा ग्राहकहरू हात खाली नफर्किने गरी विभिन्न उपहारको व्यवस्था गरिएको सोफा हबले जनाएको छ।
सोफा हबले आफ्ना उत्पादनमा ५ वर्षदेखि २० वर्षसम्मको वारेन्टी उपलब्ध गराउने जनाएको छ। यसले ग्राहकलाई लामो समयसम्म उत्पादनको गुणस्तरप्रति विश्वस्त हुन सक्ने हबको भनाइ छ।
त्यस्तै, दशैं–तिहारको अवसरमा देशभरका सोफा हबबाट छनोट भएका १० जना ग्राहकलाई थाइल्याण्ड भ्रमणमा लैजाने योजना समेत सार्वजनिक गरिएको छ।
जनकपुरमा नयाँ शाखा सञ्चालनमा आएसँगै ग्राहकलाई आकर्षित गर्न सामाजिक सञ्जाल केन्द्रित अफर, क्यास डिस्काउन्ट, उपहार तथा विदेश भ्रमणसम्मका योजना अघि सारिएको सोफा हबले जनाएको छ।
