मुगुमा लगातार दुई पटक भूकम्प

मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार दुई पटक भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ बजेर ५१ मिनेट जाँदा ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो ।त्यसैगरी बिहान ४ बजेर २८ मिनेट जाँदा मुगुकै कलाई वरपर केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्य

मुगुमा लगातार दुई पटक भूकम्प

मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार दुई पटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ बजेर ५१ मिनेट जाँदा ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो ।

त्यसैगरी बिहान ४ बजेर २८ मिनेट जाँदा मुगुकै कलाई वरपर केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प गएको केन्द्रले जनाएको छ।

यसअघि भदौ २६ गते जाजरकोट जिल्लाको कालसेनी वरपर केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।