रेशम चौधरीविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारीमा रञ्जिता श्रेष्ठ

नेकपाकी नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारी गरेको बताएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमा कानुनी बाटो रोज्ने सङ्केतसहित स्टाटस लेखेपछि त्यसलाई धेरैले सम्बन्ध विच्छेदको तयारीका रूपमा बुझेका थिए। तर, उनले सम्बन्ध विच्छेदका लागि नभई बहुविवाहसम्बन्धी मुद्दा दर

रेशम चौधरीविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारीमा रञ्जिता श्रेष्ठ

नेकपाकी नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारी गरेको बताएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमा कानुनी बाटो रोज्ने सङ्केतसहित स्टाटस लेखेपछि त्यसलाई धेरैले सम्बन्ध विच्छेदको तयारीका रूपमा बुझेका थिए। तर, उनले सम्बन्ध विच्छेदका लागि नभई बहुविवाहसम्बन्धी मुद्दा दर्ता गर्न लागेको बताएकी छन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म कसैलाई जेल पर्नुपरोस् भनेर श्राप दिन्नँ, कसैको जीवन बिग्रियोस् भनेर चाहन्नँ। तर कानुनले जे ठहर गर्छ, त्यसको जिम्मेवारी लिनुपर्ने समय आएमा त्यसबाट पछि हट्ने ठाउँ पनि हुँदैन।’

चौधरीविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारीमा रहेको उनले स्पष्ट पारेकी छिन्। ‘म धेरै समयदेखि मौन बसेकी थिएँ। तर मलाई नै झन् धेरै पीडा दिने काम भएको छ। म उहाँ (रेशम चौधरी) विरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारीमा छु,’ उनले भनिन्। श्रेष्ठ र चौधरीका एक छोरा छन्। रेशम चौधरीसँग आशा चौधरीको सम्बन्ध रहेको र उनीहरूबाट एक छोरीसमेत रहेको समाचारमा उल्लेख छ। पछिल्लो समय रेशम र रञ्जिताबीच राजनीतिक मतभेद देखिँदै आएको छ। उनीहरू लामो समयदेखि अलग बस्दै आएका छन्। रञ्जिता काठमाडौंमा छोरासँग बस्दै आएकी छन् भने रेशम बर्दियामा आशा र छोरीसँग बस्दै आएको बताइएको छ। आशाले रेशमसँगका भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आएकी छन्। पछिल्लो एक भिडियोमा उनले ‘मान्छेहरू भ्रममा छन्, म उहाँको एक्लो बुढी हो’ लेखेकी थिइन्।

रेशम र आशाबीच विवाह दर्ता भएको वा नभएको विषयमा भने फरक दाबीहरू सार्वजनिक भएका छन्। रञ्जितासँग कानुनी सम्बन्ध कायम रहेकै अवस्थामा अर्को विवाह गरेको भए त्यससम्बन्धी कानुनी प्रश्न उठ्न सक्ने देखिन्छ। आशा सञ्चारकर्मी तथा थारु चलचित्रकी अभिनेत्री हुन्। रेशमले थारु चलचित्र निर्माण तथा निर्देशन गर्ने क्रममा आशासँग नजिकिएको बताइएको छ।

रेशम र आशाले विवाह दर्ताका लागि प्रयास गरिरहेको जानकारी पाएपछि रञ्जिताले बहुविवाहसम्बन्धी मुद्दा दर्ताको तयारी गरेको बताएकी छन्। रञ्जिता र रेशमले करिब ३० वर्षपहिले अन्तरजातीय प्रेम बिबाह गरेका थिए।