घाँगी भिरबाट निस्किरहेको धुवाँमा कार्बन मोनोअक्साइड ग्यास, भूगर्भ विभागले थाल्यो अध्ययन

नवलपुरको हुप्सेकोट गाउँपालिका–६, पेलेगास्थित घाँगी भिरमा जमिनमुनिबाट लगातार निस्किरहेको धुवाँमा कार्बन मोनोअक्साइड ग्यास रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागका प्रतिनिधिले स्थलगत अध्ययनका क्रममा धुवाँमा कार्बन मोनोअक्साइड ग्यास रहेको बताएका हुन्।धुवाँ निस्किनुको कारणबारे थप अध्ययन गर्न विभागको

घाँगी भिरबाट निस्किरहेको धुवाँमा कार्बन मोनोअक्साइड ग्यास, भूगर्भ विभागले थाल्यो अध्ययन

नवलपुरको हुप्सेकोट गाउँपालिका–६, पेलेगास्थित घाँगी भिरमा जमिनमुनिबाट लगातार निस्किरहेको धुवाँमा कार्बन मोनोअक्साइड ग्यास रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागका प्रतिनिधिले स्थलगत अध्ययनका क्रममा धुवाँमा कार्बन मोनोअक्साइड ग्यास रहेको बताएका हुन्।

धुवाँ निस्किनुको कारणबारे थप अध्ययन गर्न विभागको टोलीले घटनास्थलबाट माटो, ढुंगा तथा धुवाँका अवशेषका नमुना संकलन गरेको छ। संकलित नमुनाहरू प्रयोगशालामा परीक्षण गरेपछि जमिनमुनिबाट धुवाँ निस्किनुको वास्तविक कारणबारे थप तथ्य पत्ता लाग्ने विभागले जनाएको छ।