चाडपर्वपछि आन्दोलन गर्ने प्रचण्डको चेतावनी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडपर्वपछि सरकारका गलत कदमविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।शुक्रबार ललितपुरमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ भनिएको सरकारले दमन, ज्यादती र अत्याचार सुरु गरेको भन्दै स

चाडपर्वपछि आन्दोलन गर्ने प्रचण्डको चेतावनी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडपर्वपछि सरकारका गलत कदमविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

शुक्रबार ललितपुरमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ भनिएको सरकारले दमन, ज्यादती र अत्याचार सुरु गरेको भन्दै संसदभित्र प्रतिपक्षीहरूलाई एकताबद्ध गर्ने र सडकमा सुकुम्बासी, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनहरूलाई समेटेर चाडपर्वपछि सरकारका गलत कदमविरुद्ध संयुक्त मोर्चा र आन्दोलन गर्ने चेतावनी दिए।

उनले देशमा उत्पन्न राजनीतिक चुनौती, वैदेशिक हस्तक्षेप र प्रतिक्रान्तिको खतरा सामना गर्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूको व्यापक एकता र ध्रुवीकरण आवश्यक रहेको बताए।

भाद्र २४ गतेको विध्वंसले गर्दा कम्युनिस्टहरूबीच ढिला नगरी नयाँ शिराबाट एकता प्रक्रिया अघि बढाउन नेतृत्वलाई दबाब र ऊर्जा मिलेको उनले बताए।

उनले पुराना पार्टी र नेताहरूले विगत ३५ वर्षमा केही गरेनन् भनी फैलाइएको भाष्यको खण्डन गर्र्दै आफ्नै नेतृत्वमा भएका प्रमुख विकास तथा पूर्वाधारका कामहरू भएको धारणा राखे। उनले नेपालको आर्थिक विकास र औद्योगिकीकरणको मुख्य जग नै कृषि रहेको र यसको आधुनिकीकरण एवं व्यवसायीकरण अनिवार्य भएको बताए।

कार्यक्रममा नेकपाका सहसंयोजक माधव कुमार नेपालले देश हाल ठूलो संकटमा रहेको र विदेशीहरूको विभिन्न चलखेलका कारण राष्ट्रियता जोखिममा परेको उल्लेख गरे। दुई ठूला छिमेकी मुलुकको बीचमा रहेको नेपाल विदेशीहरूको खेलमैदान बन्न नहुने उनले बताए।

उनले वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध गर्दै चुनौतीहरूको सामना गर्न पार्टी अगाडि बढ्ने दृढता व्यक्त गरे।

साथै उनले कृषि क्रान्ति र आधुनिकीकरणदेशको कायापलट गर्न कृषि अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने र यसका लागि कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरण आवश्यक रहेको धारणा राखे।