सरकारले १३ देशका लागि राजदूत नियुक्त गर्न विभिन्न व्यक्तिको नाम सिफारिस गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि राजदूत प्रस्ताव गरेको जनाइएको छ।
सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे र चीनका लागि डा. कल्याणराज शर्मालाई राजदूत सिफारिस गरेको छ।
संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा तथा संयुक्त अधिराज्य (यूके)का लागि पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणाको नाम प्रस्ताव गरिएको छ।
जापानका लागि जिज्ञानकुमार थापा र इजरायलका लागि सुरेशकुमार कर्ण सिफारिस भएका छन्।
यसैगरी स्पेनका लागि प्राप्ति शेरचन र जर्मनीका लागि शरू जोशीलाई प्रस्तावित राजदूतका रूपमा सिफारिस गरिएको छ।
त्यस्तै, ओमानका लागि डा. पद्माक्षी राणा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस भएको छ।
मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठ तथा श्रीलंकाका लागि डा. मंचला झालाई राजदूत सिफारिस गरिएको छ।
