हिन्दु नेपालीहरूको महान पर्व वडादशैंलाई लक्षित गर्दै म्याक्सेल कम्प्युटरले विशेष ग्राहक योजना सार्वजनिक गरेको छ। चाडपर्वको अवसरमा प्रविधि सामग्रीका उपभोक्ताहरूलाई आकर्षित गर्ने उद्देश्यले कम्पनीले ’दशैं अफर’ ल्याएको हो।
यस योजनाअन्तर्गत ग्राहकले म्याक्सेलबाट जुनसुकै ब्राण्डका ल्यापटप खरिद गर्दा सीधा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। छुटका अतिरिक्त ल्यापटप खरिदकर्ताहरूलाई विभिन्न आकर्षक उपहारहरू समेत प्रदान गरिने कम्पनीले जनाएको छ। त्यस्तै, म्याक्सेलबाट जुनसुकै कम्प्युटर सामग्री खरिद गर्दा पनि ग्राहकहरूले लकी ड्र कुपन प्राप्त गर्नेछन्।
उक्त कुपनमार्फत सञ्चालन हुने लकी ड्रमा प्रथम पुरस्कारस्वरूप ६० हजार रुपैयाँ बराबरको ल्यापटप, दोस्रो पुरस्कारस्वरूप २७ इन्चको मनिटर र तेस्रो पुरस्कारस्वरूप गेमिङ हेडफोन राखिएको छ। दशैंको समयमा नयाँ ल्यापटप खरिद गर्न वा कम्प्युटर असेम्बल गर्न चाहने उपभोक्ताहरूका लागि यो योजना निकै लाभदायक हुने म्याक्सेल कम्प्युटरका संञ्चालक समिरले बताएका छन् ।
ग्राहकहरूले काठमाडौंको पुतलीसडकस्थित म्याक्सेलको शोरुममा पुगेर वा कम्पनीको आधिकारिक वेबसाइटमार्फत अनलाइन अर्डर गरी यो सुविधा प्राप्त गर्न सक्नेछन्। दशैं अवधिभर लागू हुने यस योजनाले प्रविधि पारखीहरूलाई थप प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ।
