राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको माफी मिनाहालाई सर्वोच्च अदालतले सदर गरेको छ ।
न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले मंगलबार चौधरीको माफी मिनाहाविरुद्ध परेको रिट निवेदन खारेज गरेको हो ।
रिट खारेज भएसँगै चौधरीलाई राष्ट्रपतिले दिएको माफी मिनाहाको निर्णय सदर भएको छ ।
यसअघि २०८० जेठ २ गते सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । त्यसको दुई साता नबित्दै गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिले चौधरीको बाँकी कैद सजाय माफी गरेका थिए ।
