संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।प्रधानमन्त्री शाह केहीबेरअघि कतार एयरवेजको विमानमार्फत दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् ।चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह महासभामा सहभागी हुन अ

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री शाह केहीबेरअघि कतार एयरवेजको विमानमार्फत दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् ।

चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री शाहले आगामी ८ असोजमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री शाहले महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने बताइएको छ ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली टोली महासभामा सहभागी हुन ४ असोजमै न्युयोर्क प्रस्थान गरिसकेको छ ।