ताप्लेजुङको दोभान बजारमा आगलागी

ताप्लेजुङमा आगलागी भएको छ । बिहीबार (असोज ८) दिउँसो ताप्लेजुङको दोभान बजारमा आगलागी भएको हो ।पुरानो बजार क्षेत्रमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको कोसी प्रदेश प्रहरी प्रमुख एवं डीआईजी शेखर खनालले जानकारी दिए ।आगलागीबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन । तर, पाँच घर जलेको डीआईजी खनालले

ताप्लेजुङको दोभान बजारमा आगलागी

ताप्लेजुङमा आगलागी भएको छ । बिहीबार (असोज ८) दिउँसो ताप्लेजुङको दोभान बजारमा आगलागी भएको हो ।

पुरानो बजार क्षेत्रमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको कोसी प्रदेश प्रहरी प्रमुख एवं डीआईजी शेखर खनालले जानकारी दिए ।

आगलागीबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन । तर, पाँच घर जलेको डीआईजी खनालले बताए ।

प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले आगो निभाउने प्रयास जारी राखेका छन् ।