बालेनले सांसदलाई तीन तहमा वर्गीकरण गर्दै भने– ‘इन्जिनियर सांसद एक्स्ट्रा अर्डिनरी’

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सांसदहरूलाई उनीहरूको अभिव्यक्ति र विज्ञताका आधारमा तीन तहमा वर्गीकरण गर्दै इन्जिनियरिङ पृष्ठभूमिका सांसदलाई ‘एक्स्ट्रा अर्डिनरी’को संज्ञा दिएका छन्।बुधबार सिंहदरबारमा इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले सांसदलाई ‘एभरेज’

बालेनले सांसदलाई तीन तहमा वर्गीकरण गर्दै भने– ‘इन्जिनियर सांसद एक्स्ट्रा अर्डिनरी’

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सांसदहरूलाई उनीहरूको अभिव्यक्ति र विज्ञताका आधारमा तीन तहमा वर्गीकरण गर्दै इन्जिनियरिङ पृष्ठभूमिका सांसदलाई ‘एक्स्ट्रा अर्डिनरी’को संज्ञा दिएका छन्।

बुधबार सिंहदरबारमा इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले सांसदलाई ‘एभरेज’, ‘एभरेजभन्दा तल’ र ‘एक्स्ट्रा अर्डिनरी’ गरी तीन तहमा वर्गीकरण गरेका हुन्।

उनले इन्जिनियर सांसदहरूबाट सामान्य विषयभन्दा माथि उठेर नयाँ सोच, आइडिया र सिर्जनशीलतामा केन्द्रित हुन अपेक्षा गरेको बताएका छन्।

छलफलमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्री शाहले भने, ‘इन्जिनियर भनेको एक्स्ट्रा अर्डिनरी हो। एभरेज मान्छेहरू इभेन्टको कुरा गर्छन्। त्योभन्दा तलकोले मलाई यो गर, त्यो गर भन्छन्। एक्स्ट्रा अर्डिनरी भएकाले तपाईंहरूले आइडिया र क्रियटिभिटीको कुरा उठाउनुपर्छ—यो गरे देश बन्छ भनेर। तपाईंहरूको आइडियाले देश बन्छ।’

प्रधानमन्त्री शाहले मुलुकको औद्योगिकीकरणका लागि के गर्न सकिन्छ भन्नेबारे इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई ठोस सुझाव र नयाँ योजना दिन आग्रह गरेका छन्।

उनले कुनै नयाँ आइडिया वा योजना भए प्रधानमन्त्री कार्यालयसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने र त्यस्ता प्रस्ताव लिएर आउने व्यक्तिसँग सहज रूपमा भेट गर्न सकिने बताएका थिए।

शाहले सरकारले केही नयाँ विधेयक ल्याउने तयारी गरिरहेको जानकारी दिँदै त्यसमा सांसदहरूको सुझाव र सहयोग आवश्यक रहेको बताएका छन्। ‘अब सांसदहरूको नै विधेयकमा इनपुट रहन्छ। देखेको र भोगेको आधारमा कानुन लिएर आउँछौं। यसमा तपाईंहरूको साथ र सहयोग चाहिन्छ,’ उनले भने।

यसअघि प्रधानमन्त्री शाहले बाढीपहिरोबाट क्षतिग्रस्त सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य संरचनाको पुनर्निर्माण र आगामी रणनीतिबारे इन्जिनियर सांसदहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको थियो।