संसद् र समाजमा ‘खुला मञ्च’को खाँचो छ : गगन थापा

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संसद र समाजमा ‘खुला मञ्च’ को खाँचो रहेको बताएका छन् ।आईतवारबाट काठमाडौंको खुला मञ्चमा शुरु भएको पार्टीको १५ औं महाधिवेशनलाई सम्बोधन गर्दै थापाले संसदको गरिमा जोगाउन प्रधानमन्त्रीको सम्मानजनक उपस्थिति अनिवार्य रहेको बताएका हुन् ।थापाले संसद अहिले अवरुद्ध र बन्

संसद् र समाजमा ‘खुला मञ्च’को खाँचो छ : गगन थापा

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संसद र समाजमा ‘खुला मञ्च’ को खाँचो रहेको बताएका छन् ।

आईतवारबाट काठमाडौंको खुला मञ्चमा शुरु भएको पार्टीको १५ औं महाधिवेशनलाई सम्बोधन गर्दै थापाले संसदको गरिमा जोगाउन प्रधानमन्त्रीको सम्मानजनक उपस्थिति अनिवार्य रहेको बताएका हुन् ।

थापाले संसद अहिले अवरुद्ध र बन्द अवस्थामा रहेको टिप्पणी गर्दै प्रधानमन्त्रीले आफूलाई निर्वाचित गर्ने र नगर्ने दुवै पक्षका सांसदप्रति जवाफदेही हुनुपर्नेमा जोड दिए । थापाले केवल संसद मात्र होइन, समाजका विभिन्न तप्कामा पनि संवादको संस्कृति हराएको भन्दै चिन्ता व्यक्त गरे । उनले पहाड र मधेस, जातजाति र धर्मका नाममा हुने टीकाटिप्पणी भन्दा पनि एकले अर्कासँग गर्ने संवाद नै आजको आवश्यकता भएको औंल्याए ।

उनले भने, ‘आज नेपालमा यस्ता खुला मञ्चहरू धेरै ठाउँमा आवश्यक छन् । सबैभन्दा पहिले, खुला मञ्च संसद्भित्र चाहिएको छ । संसद् त्यतिबेला मात्र साँच्चिकै खुला हुन्छ, जब आफूलाई प्रधानमन्त्री बनाउने र नबनाउने सबै सांसदप्रति, संसद्को गरिमा र जनताको सम्मानका लागि प्रधानमन्त्रीको उत्तरदायी उपस्थिति रहन्छ । खुला संवादबाटै लोकतन्त्र बलियो हुन्छ ।’

सभापति थापाले डिजिटल प्लेटफर्मको प्रयोगमा पनि प्रश्न उठाए । उनले हालको डिजिटल मञ्चमा तथ्य र तर्कभन्दा केवल प्रतिक्रियात्मक प्रवृत्ति हाबी भएको बताउँदै डिजिटल युगमा पनि तार्किक बहस र तथ्यको सम्मान हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । नागरिक र राज्यबीचको दूरी घटाउन यस्ता मञ्चहरू प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ छ ।