कांग्रेसमा सभापति उठ्न ४० हजार, केन्द्रीय सदस्यका लागि ११ हजार उम्मेदवारी शुल्क

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको निर्वाचन प्रयोजनका लागि विभिन्न पदहरूको उम्मेदवारी मनोनयन दस्तुर सार्वजनिक गरेको छ ।आइतबार एक सूचना जारी गर्दै निर्वाचन समितिले पार्टीको निर्वाचन प्रयोजनका लागि विभिन्न पदहरूको उम्मेदवारी मनोनयन दस्तुर सार्वजनिक गरेको हो ।समितिले तोकेको विवरण अनुसा

कांग्रेसमा सभापति उठ्न ४० हजार, केन्द्रीय सदस्यका लागि ११ हजार उम्मेदवारी शुल्क

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको निर्वाचन प्रयोजनका लागि विभिन्न पदहरूको उम्मेदवारी मनोनयन दस्तुर सार्वजनिक गरेको छ ।

आइतबार एक सूचना जारी गर्दै निर्वाचन समितिले पार्टीको निर्वाचन प्रयोजनका लागि विभिन्न पदहरूको उम्मेदवारी मनोनयन दस्तुर सार्वजनिक गरेको हो ।

समितिले तोकेको विवरण अनुसार उम्मेदवारी मनोनयन दस्तुर सभापति पदका लागि ४० हजार, केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि ३० हजार, सहमहामन्त्री पदका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ रहेको छ । 

यसैगरी, मनोनयन दस्तुर प्रभु बैंकमा रहेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको खाता नं. ११३००७२६४३६०००२९ मा जम्मा गरी प्राप्त भौचर अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।  

निरन्तर क्रियाशील सदस्य रहेको सिफारिस, निर्देशिकामा तोकिए बमोजिमको फोटोसहितको परिचयपत्र तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचित प्रमाणपत्र मनोनयन पत्र साथ बुझाउनु पर्नेछ । वारेसमार्फत दर्ता गर्दा वारेसनामा र वारेसको नागरिकताको फोटोकपी अनिवार्य गरिएको छ । साथै, विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट मनोनयन दर्ता गर्दा नेपाली नागरिकताको फोटोकपी पेश गर्नुपर्ने प्रावधान छ ।