झुट्टा उजुरी दिने दीपक पुन मगरलाई अख्तियारको जरिवाना

अर्काको नाम तथा फर्जी हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिने एक व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जरिवाना तिराएको छ । आयोगले रुकुम (पश्चिम) आठबिसकोट नगरपालिका–५ का दीपक पुन मगरलाई २ हजार रुपैयाँ जरिवाना गरेको हो।नेपाल प्रहरीका एक डीआईजीले आफू अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण माग्दा उजुरी

झुट्टा उजुरी दिने दीपक पुन मगरलाई अख्तियारको जरिवाना

अर्काको नाम तथा फर्जी हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिने एक व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जरिवाना तिराएको छ । आयोगले रुकुम (पश्चिम) आठबिसकोट नगरपालिका–५ का दीपक पुन मगरलाई २ हजार रुपैयाँ जरिवाना गरेको हो।

नेपाल प्रहरीका एक डीआईजीले आफू अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण माग्दा उजुरी मिलाइदिने बहानामा ४० लाख रुपैयाँ मागेको, जसमध्ये १५ लाख नगद र कान्छी श्रीमतीका नाममा चेक लिएर थप धम्की दिइरहेको दाबीसहित ‘एबी राई’ को नामबाट अख्तियारमा उजुरी परेको थियो।

उक्त उजुरीमाथि अनुसन्धान गर्दा उजुरीकर्ता भनिएका आङबाबु राई (एबी राई) ले आफूले उजुरी नदिएको र त्यसमा भएको हस्ताक्षरसमेत आफ्नो नभएको भनी आयोगसमक्ष सनाखत गरेका थिए। अनुसन्धानकै क्रममा दीपक पुन मगरले राईको जानकारी र सहमतिबिना नै उनको नाम र हस्ताक्षर प्रयोग गरी आफूले उजुरी दर्ता गराएको स्वीकार गरेका थिए।

बयानका क्रममा पुन मगर र राई दुवैले प्रहरी डीआईजीबाट रकम माग गरिएको वा धम्की दिइएको भनिएको त्यस्तो कुनै घटना नै नभएको स्पष्ट पारेको अख्तियारले जनाएको छ ।

आङबाबु राईको नाम र दस्तखत दुरुपयोग गरी अरूलाई दुःख र हैरानी दिने बदनीयतले झुट्टा उजुरी दिएको पुष्टि भएपछि आयोगले पुन मगरलाई भ्रष्टाचार निवारण ऐनको दफा ४९ लगायतका प्रचलित कानुनबमोजिम २ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।