सेल्फीडाँडामा माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।झापाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रो बस सोमबार राति करिब २ बजे अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएक

सेल्फीडाँडामा माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

झापाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रो बस सोमबार राति करिब २ बजे अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटनामा इलाम नगरपालिका–६ निवासी ३७ वर्षीय चालक लोकबहादुर सेन्चुरी, काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–७ निवासी २६ वर्षीया रिता आपागाई र उनका ९ वर्षीय छोरा रितिक घाइते भएका छन् ।

अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेका अनुसार दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले तीनै जनाको उद्धार गरेको थियो ।

उद्धार गरिएका घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।