वर्षमा एकपटक खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको घुइँचो

हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।महानवमीका अवसरमा वर्षमा एक दिन मात्र खुल्ने यस मन्दिरमा भक्तजनले बेलुकी ६ बजेसम्म पूजा, आराधना तथा दर्शन गर्न पाउनेछन् ।हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार प्रत्येक वर्ष आश्विन शुक्ल नवमी

वर्षमा एकपटक खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको घुइँचो

हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

महानवमीका अवसरमा वर्षमा एक दिन मात्र खुल्ने यस मन्दिरमा भक्तजनले बेलुकी ६ बजेसम्म पूजा, आराधना तथा दर्शन गर्न पाउनेछन् ।

हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गर्ने परम्परा छ । यस दिन मन्दिरमा दर्शन गर्न हजारौँ भक्तजन पुग्ने गर्छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार गत शनिबार बिहान तुलजा भवानीलाई हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो । त्यसपछि निर्धारित साइतमा स्थिरासन गराई पूजा आराधना सुरु गरिएको थियो ।

महाअष्टमीका अवसरमा सोमबार राति मूलचोकमा कालरात्रि पूजा गरिएको छ ।

विजयादशमीसम्म तुलजा भवानीलाई मूलचोकमै राखेर पूजा आराधना गरिनेछ । बुधबार विजयादशमीका दिन निर्धारित साइतअनुसार बिहान १०:५१ बजे यात्रा गराइने र ११:५२ बजे मूल मन्दिरमा स्थिरासन गराइने कार्यक्रम रहेको छ ।