पक्राउ पुर्जी जारी भएकालाई वैदेशिक रोजगार विभागले दियो ३५ दिनको समय

वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई वैदेशिक रोजगार विभागले ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।विभागले सूचना जारी गर्दै वैदेशिक रोजगार न्यायाधिकरणको अनुमतिमा विभिन्न मितिमा पक्राउ पुर्जी जारी भएका तर हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मिति

पक्राउ पुर्जी जारी भएकालाई वैदेशिक रोजगार विभागले दियो ३५ दिनको समय

वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई वैदेशिक रोजगार विभागले ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

विभागले सूचना जारी गर्दै वैदेशिक रोजगार न्यायाधिकरणको अनुमतिमा विभिन्न मितिमा पक्राउ पुर्जी जारी भएका तर हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन भनेको हो।

विभागका अनुसार तोकिएको अवधिभित्र उपस्थित नभए वैदेशिक रोजगार ऐन, २०६४ लगायत प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ।

त्यस्ता व्यक्तिको बैंक खातासमेत रोक्का गर्ने तथा यात्रा अनुमति रोक्नेलगायतका कानुनी प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।

वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई कानुनी प्रक्रियामा सहभागी गराउने उद्देश्यले विभागले यस्तो सूचना जारी गरेको हो।