एनपीएल : उत्कृष्ट खेलाडीलाई एक्स्ट्रीम इनर्जी ड्रिंकको चाँदीको बल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रीम इनर्जी ड्रिंकले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्न थालेको छ। कम्पनीले खेलाडीको व्यक्तिगत कौशल, मेहनत र प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एक्स्ट्रीम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत चाँदीको बल प्रदान गर्ने व्यवस

एनपीएल : उत्कृष्ट खेलाडीलाई एक्स्ट्रीम इनर्जी ड्रिंकको चाँदीको बल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रीम इनर्जी ड्रिंकले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्न थालेको छ। कम्पनीले खेलाडीको व्यक्तिगत कौशल, मेहनत र प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एक्स्ट्रीम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत चाँदीको बल प्रदान गर्ने व्यवस्था गरेको हो।

आठ टोली सहभागी प्रतियोगितामा एक्स्ट्रीम इनर्जी ड्रिंकले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ। कम्पनीले प्रायोजन गरेका टोलीका उत्कृष्ट खेलाडीलाई उक्त पुरस्कार प्रदान गरिनेछ। एक्स्ट्रीम प्रायोजित दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक-एक खेलाडीले चाँदीको बल प्राप्त गर्नेछन्।

प्रतियोगिताको पहिलो खेलबाटै पुरस्कार वितरण सुरु भइसकेको छ। सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन्।

कम्पनीका अनुसार खेलको नतिजासँगै खेलाडीको व्यक्तिगत योगदान र उत्कृष्ट प्रदर्शनलाई समेत सम्मान गर्ने उद्देश्यले पुरस्कारको व्यवस्था गरिएको हो। यसबाट खेलाडीमा थप उत्साह र प्रतिस्पर्धात्मक भावना विकास हुने अपेक्षा गरिएको छ।

एक्स्ट्रीम इनर्जी ड्रिंकले आफ्नो यस पहलबाट एनपीएलप्रतिको आकर्षण बढ्नुका साथै नेपाली क्रिकेटका खेलाडी र समर्थकमा थप उत्साह सिर्जना हुने विश्वास व्यक्त गरेको छ।