बिगमार्टबाट ४१५ रुपैयाँको सामान किनेका पण्डितले पाए १० लाख

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ ।आज यहाँ आयोजित कार्यक्रममा एक जना बम्बर उपहार विजेता र १५ जना विजेता घोषणा गरिएको हो । विभागका अनुसार १० लाख रुपैयाँ पाउने विजेतामा कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको छ ।जस अनुसार

बिगमार्टबाट ४१५ रुपैयाँको सामान किनेका पण्डितले पाए १० लाख

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा एक जना बम्बर उपहार विजेता र १५ जना विजेता घोषणा गरिएको हो । विभागका अनुसार १० लाख रुपैयाँ पाउने विजेतामा कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको छ ।

जस अनुसार १० लाखको पुरस्कार बिगमार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका गौरीशंकर पण्डितले जित्न सफल भएका छन् ।

उनलाई क्रिकेट खेलाडी ललित राजवंशीले पुरस्कार जितेको जानकारी गराएका थिए । त्यस्तै अन्य १५ जनाले रु एक/एक लाख पुरस्कार जितेका छन् ।

त्यसैगरी, १५ जनाले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गरेका छन् ।