न्यायाधीशमाथि महाअभियोगबारे सत्तापक्षको निर्णय कुर्दै कांग्रेस

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगबारे सत्तापक्षको स्पष्ट धारणा आएपछि मात्रै प्रतिपक्षी दलहरूले साझा धारणा बनाउने बताएका छन् ।सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सत्तापक्षभित्रै महाअभियोगबारे टुंगो नलागेक

न्यायाधीशमाथि महाअभियोगबारे सत्तापक्षको निर्णय कुर्दै कांग्रेस

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगबारे सत्तापक्षको स्पष्ट धारणा आएपछि मात्रै प्रतिपक्षी दलहरूले साझा धारणा बनाउने बताएका छन् ।

सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सत्तापक्षभित्रै महाअभियोगबारे टुंगो नलागेकाले आफूहरू पर्ख र हेरको अवस्थामा रहेको बताए ।

उनले महाअभियोगजस्तो गम्भीर विषयमा पार्टी र संसदीय दलबीच स्पष्ट समझदारी हुनुपर्नेमा जोड दिए ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विश्वसनीय धारणा र तयारीसहित प्रस्तुत भएपछि प्रतिपक्षी दलहरू बसेर साझा निर्णयमा पुग्ने उनको भनाइ थियो ।

उनले संसद्मा हुने सकारात्मक काममा प्रतिपक्षी दलहरूको सहयोग रहने पनि स्पष्ट पारे ।