सिंहदरबारभित्रै मन्त्रीका सल्लाहकारको गाडीले सांसदलाई दियो ठक्कर

पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकूल निधिको गाडीले सिंहदरबारभित्रै राष्ट्रिय सभा सांसद राजेन्द्रलक्ष्मी गैरेलाई ठक्कर दिएको छ ।सल्लाहकारको गाडीको ठक्करबाट सांसद गैरे सामान्य घाइते भएकी छन् ।मन्त्रालयअघि जेब्रा क्रसिङमा हिँडिरहेका बेला मन्त्रीका सल्लाहकारको गाडीले ठक्कर दिएक

सिंहदरबारभित्रै मन्त्रीका सल्लाहकारको गाडीले सांसदलाई दियो ठक्कर

पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकूल निधिको गाडीले सिंहदरबारभित्रै राष्ट्रिय सभा सांसद राजेन्द्रलक्ष्मी गैरेलाई ठक्कर दिएको छ ।

सल्लाहकारको गाडीको ठक्करबाट सांसद गैरे सामान्य घाइते भएकी छन् ।

मन्त्रालयअघि जेब्रा क्रसिङमा हिँडिरहेका बेला मन्त्रीका सल्लाहकारको गाडीले ठक्कर दिएको सांसद गैरेले बताइन् । ‘मन्त्रालयअघि जेब्रा क्रसिङमा म बाटो काट्दै थिएँ, हात पनि दिएको थिएँ,’ उनले भनिन्, ‘तैपनि मलाई गाडीले ठक्कर दियो, भुइँमा लडेँ ।’

उनले आफूलाई गाडीले ठक्कर दिएको घटनाबारे राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई समेत जानकारी गराइसकेकी छन् ।