भीमफेदीमा माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । घटनामा पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन् ।काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस आज बिहान करिब ६ः१० बजे भीमफेदी गाउँपालिका–६, चिसापानी गढीस्थित भी

भीमफेदीमा माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । घटनामा पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन् ।

काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस आज बिहान करिब ६ः१० बजे भीमफेदी गाउँपालिका–६, चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी सडकखण्डबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा गाडीमा सवार १५ मध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलिले उद्धार जारी राखेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।