प्रधानमन्त्री बालेन र भारतीय राजदूत दलेलाबीच भेट, भयो यस्तो छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दलेलाले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको कार्यसूची तय भइसकेको जानकारी दिएका छन् ।प्रधानमन्त्री शाहले भ्रमणको तयारीब

प्रधानमन्त्री बालेन र भारतीय राजदूत दलेलाबीच भेट, भयो यस्तो छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दलेलाले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको कार्यसूची तय भइसकेको जानकारी दिएका छन् ।

प्रधानमन्त्री शाहले भ्रमणको तयारीबारे जानकारी लिएपछि दलेलाले भ्रमणलाई उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूले तयारी तीव्र पारेको बताए । भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने दलेलाको भनाइ थियो ।

भेटमा प्रधानमन्त्री शाहले दलेलालाई राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । उनले रसुवा-भोटेकोशीमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार पनि व्यक्त गरे ।

भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो ।