मन्त्रिपरिषद्को वरीयता परिवर्तन, कानुनमन्त्री गौतम सातौँबाट तेस्रो स्थानमा

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन् ।नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम तेस्रो स्थानमा उक्लिएकी छन् । यसअघि उनी सातौं वरीयतामा थिइन् ।वरीयता परिवर्तनसँगै परराष्ट्रमन्त्री शिशिर खनाल चौ

मन्त्रिपरिषद्को वरीयता परिवर्तन, कानुनमन्त्री गौतम सातौँबाट तेस्रो स्थानमा

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन् ।

नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम तेस्रो स्थानमा उक्लिएकी छन् । यसअघि उनी सातौं वरीयतामा थिइन् ।

वरीयता परिवर्तनसँगै परराष्ट्रमन्त्री शिशिर खनाल चौथो स्थानमा झरेका छन् । यसअघि उनी तेस्रो स्थानमा थिए ।

त्यस्तै, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको वरीयता एक–एक स्थानले घटेको छ ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को नयाँ मर्यादाक्रममा प्रधानमन्त्री वालेन्द्र शाह पहिलो र अर्थमन्त्री स्वर्णिम वाग्ले दोस्रो स्थानमा रहेका छन् ।