ताराखोलाको नीति तथा कार्यक्रम सार्वजनिक : कृषि, रोजगार र पशुपालन प्राथमिकतामा !

दिनेश शर्मा,बाग्लुङ । ताराखोला गाँउपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाँउपालिकाको सभाहलमा नीति तथा कार्यक्रमको गाँउपालिकाका अध्यक्ष प्रकाश घर्तीले सार्वजनिक गर्नुभएको हो । निति कार्यक्रम सार्वजनिक गदैं अध्यक्ष घर्तिले चालु आर्थिक बर्षको…

ताराखोलाको नीति तथा कार्यक्रम सार्वजनिक : कृषि, रोजगार र पशुपालन प्राथमिकतामा !
दिनेश शर्मा,बाग्लुङ । ताराखोला गाँउपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाँउपालिकाको सभाहलमा नीति तथा कार्यक्रमको गाँउपालिकाका अध्यक्ष प्रकाश घर्तीले सार्वजनिक गर्नुभएको हो । निति कार्यक्रम सार्वजनिक गदैं अध्यक्ष घर्तिले चालु आर्थिक बर्षको कुल बजेट २५ करोड ७० लाख ३१ हजार ८ सय मध्ये गाँउपालिकाका लक्ष्य अनुरुप ६३ दशमलव २७ प्रतिशत खर्च गर्न सफल भएको बताउनुभयो । चालु खर्चमा ७५ दशमलव ०३ प्रतिशत र पुजिगत तथा ५१ दशमलव ५० प्रतिशत खर्च भएको बताउनुभयो । आगामी बर्षको लागी ताराखोला गाँउपालिकाले कृषि बन खनिज र प्रर्यंटन उद्यमशिलताको लागी सवल पुर्बाधार समृद्ध समन्यायिक ताराखोला बिकासको मुल आधार भन्ने सोचका साथ निति कार्यक्रम सार्वजनिक गरिएको छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको सम्भावित जोखिम नियन्त्रण गर्न सावधानी अपनाउने, गाँउपालिकामा कार्यरत कर्मचारी तथा गाउँसभा सदस्यहरुको कोरोना बिमा गरिएको उल्लेख गर्नुभयो । ६३ प्रतिशत खर्च गर्न सफल चालु तर्फ निति तथा कार्यक्रममा कृषि, रोजगार तथा पशुपालनका कार्यक्रमलाई बिशेष जोड दिने, शिक्षा र स्वास्थ्य क्षेत्रलाइ प्रभाबकारी बनाउने, राष्ट्रिय फलफुल बिकास कार्यक्रम सञ्चालन गर्ने, गरिब तथा बिपन्न किशानको लागि मागमा आधारीत बाख्रापालन आधारीत कार्यक्रम सञ्चालन गर्ने, दुग्द संकलन केन्द्र स्थापना गरि बजारीकरणको लागी सहजिकरण गरिने बताईएको छ । सहकारी मार्फत आधुनिक कृषि तथा पशुपालन पर्यटन लगाएतका क्षेत्रमा लगानी बढाउने र सहकारीको संङ्ख्या कटौती गर्ने तथा कार्यक्षेत्रको आधारमा मर्ज गर्ने, औधोगिक ग्राम भित्र कुनैपनि उद्योग संचालन गर्ने उद्योगी ब्यबसायिलाई प्रोत्साहन गर्ने, गाँउपालिकामा रहेका सबै ढुङ्गा तामा एबं अन्य खानीहरुको संरक्षण गरि रोजगारी श्रृजना गर्न खानी जन्य उद्योग प्रर्बधनको निति अपनाउने, प्रर्यटकीय गन्तब्यको बिकासको लागी पुर्वाधार बिकास गर्ने, पुरानो सस्कृतिलाई नया पुस्तामा हस्तान्तरणको कार्यक्रम सञ्चालन गर्ने निति गाँउपालिकाले लिएको छ । बाँझो जग्गाको तथ्याङक संकलन गरि उपयोग गर्न भुमी बैकको स्थापना गरिने, प्रदेश सरकार संगको सहकार्य गाँउपालिका जोड्ने मुख्य मुख्य सडक ग्राभेल तथा कालोपत्रे गरिने, ताराखोलामा सामुदायिक रेडियो गलकोटको रिपिटर स्थापना गरि सञ्चारको प्रबर्धन गर्ने, जनता आवास तथा गरिब संग गाँउपालिका कार्यक्रम संचालन गर्ने, एकिकृत बस्तीको सम्भाब्यता अध्ययन गर्ने, काठको पोल बिस्थान गरि फलामे पोल राखिने र उज्यालो गाँउपालिकाको घोषणा गरिने निति गाँउपालिकाले जनाएको छ । गाँउपालिकामा क्याम्पस स्थापना तथा प्राबिधीक कक्षाको लागी सम्भाब्यता अध्धयन गरिने ,तारोखोला प्रवासी समाज गठन गरि लगानी कोष स्थापना गर्ने, गाँउपालिका सबै खानेपानी आयोजना समयमै सम्पन्न गरिने, मसंग्राहलयमा ताराखोलाका ऐतिहासीक महत्वका बस्तुहरु राखिने, स्वास्थ बिमालाई प्रभाबकारी बनाउने, कोरोना समुदायमा फैलन नदिन ब्यबस्थीत क्वारेन्टाईन बनाईने सडक बनाउदा दिगो विकास सहितको वन पर्यावरणमा ध्यान दिने, हरेक टोल बस्तीमा फोहोर मैला बिर्षजन स्थलको निर्माण गर्ने, नागरिक बडा पत्रलाई डिजिटलाईज गर्ने, सार्बजनिक सुनुवाई गर्ने, गलकोट सूचना तथा संचार सहकारी सस्था संग समन्वय गरि रेडियो गलकोटको रिले स्टेशन स्थापना गरि रेडियो प्रसारण गर्ने बताउनुयभयो । ७ औं गाँउ सभा ताराखोला गाँउपालिका अध्यक्ष प्रकाश घर्ती मगरको अध्यक्षता, उपाध्यक्ष दिल कुमारी पुनरोकाको सञ्चालनमा सम्पन्न भएको थियो । गाँउसभा आगामी असार १० गते ९ बजे सम्मको लागी स्थगित भएको छ । असार १० गते दफाबार छलफल गरि बजेट सार्बजनिक गरिने गाँउपालिकाले जनाएको छ ।