पाल्पामा पहिरो : ४ वटा सवारी साधन बगायो, २ जनाको शव फेला !

पाल्पा — पाल्पाको तानसेन रिडी खण्डमा पहिरोले ४ वटा सवारी साधन बगाउँदा २ जनाको शव फेला परेको छ । एक जना गम्भीर घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल पठाइएको छ । सदरमुकाम तानसेन देखि ७ किलोमिटर टाढा रिडी-तानसेन सडक खण्डको सम्मोबारी नजिकै पहिरो खस्दा एउटा ट्यांकर, एउटा बो…

पाल्पामा पहिरो : ४ वटा सवारी साधन बगायो, २ जनाको शव फेला !
पाल्पा — पाल्पाको तानसेन रिडी खण्डमा पहिरोले ४ वटा सवारी साधन बगाउँदा २ जनाको शव फेला परेको छ । एक जना गम्भीर घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल पठाइएको छ । सदरमुकाम तानसेन देखि ७ किलोमिटर टाढा रिडी-तानसेन सडक खण्डको सम्मोबारी नजिकै पहिरो खस्दा एउटा ट्यांकर, एउटा बोलेरो जीप, एउटा मिनी ट्रक र एउटा कार बगाएको हो । ती सवारी साधनमा कति मानिसहरु सवार थिए भन्‍ने यकिन जानकारी छैन । अहिले घटनास्थलमा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित उद्धारकर्मीहरु पुगेका छन् । उक्त पहिरो डेढ सय मिटर लामो छ । अहिले पहिरो हटाउने काम भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी ।