बडिगाड गाउँपालिकाका २ जनामा कोरोना सक्रंमण पुष्टी !

बागलुङ : बागलुङ जिल्लाका ३ जना सहित आज बुधवार गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद बिन्दु शर्माले पछिल्लो २४ घण्टामा ६ जिल्लामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । बागलुङको काठेखोला गाउँपालिकाका २९ बर्षीया…

बडिगाड गाउँपालिकाका २ जनामा कोरोना सक्रंमण पुष्टी !
बागलुङ : बागलुङ जिल्लाका ३ जना सहित आज बुधवार गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद बिन्दु शर्माले पछिल्लो २४ घण्टामा ६ जिल्लामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । बागलुङको काठेखोला गाउँपालिकाका २९ बर्षीया महिला र बडिगाड गाउँपालिकाका २३ र २६ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको शर्माले जानकारी दिए । नवलपरासीमा १२, गोरखामा ३, कास्कीमा १, स्यांजामा ८, तनहुँमा १ जनामा कोरोना देखिएको छ । यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमित संख्या ९९४ पुगेको छ ।