कोरोना जितेर घर फर्किएका युवाले आ`त्मह`त्या गरे !

पाल्पा – कोरोना जितेर घर फर्किएका पाल्पाका एक युवाले आ`त्मह*त्या गरेका छन् । रम्भा गाउँपालिका–४ हुमिनका २० वर्षीय एक युवाले कोरोना जितेर घर फर्किएकै दिन सोमबार बेलुकी आ*त्मह*त्या गरेको वडाध्यक्ष भोजबहादुर बिकले जानकारी दिनुभयो । एक महिना अगाडि भारतको मुम्बईबाट घर फर्किएर घर नजिकै…

कोरोना जितेर घर फर्किएका युवाले आ`त्मह`त्या गरे !
पाल्पा – कोरोना जितेर घर फर्किएका पाल्पाका एक युवाले आ`त्मह*त्या गरेका छन् । रम्भा गाउँपालिका–४ हुमिनका २० वर्षीय एक युवाले कोरोना जितेर घर फर्किएकै दिन सोमबार बेलुकी आ*त्मह*त्या गरेको वडाध्यक्ष भोजबहादुर बिकले जानकारी दिनुभयो । एक महिना अगाडि भारतको मुम्बईबाट घर फर्किएर घर नजिकैको जनहित भगवती माविको क्वारेन्टाईनमा बसेको अवस्थामा ती युवामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । कोरोना सङ्क्रमणपछि तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा राखिएको थियो । कोरोना निको भएर घर फर्किएकै दिन उनले घरकै दलानमा झु`ण्डिएर आ*त्मह*त्या गरेका हुन् । मृ*तकका बुवा तराईमा बस्दै आउनुभएको छ । आमा बे`पत्ता भएको वर्षौं भैसकेको छ । पाल्पामा कोरोना सङ्क्रमितको सङ्ख्या ५४० पुगेको छ । सङ्क्रमितमध्ये ४७ जना उपचारपछि निको भएर घर फर्किएका स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।