क्रिकेटर बन्ने सपना देखेका प्रकाश बने प्रहरीको हिरो ।

जीवन पाण्डे बाग्लुङ । सुदुरपश्चिमको बैतडी जिल्ला साविकको नागार्जुन गाउँ विकास समिति वडा नं २ बर्तोलि र हालको दशरथचन्द्र नगरपालिका वडा नं ११ को एक गाउँमा सामान्य परिवारमा जन्मिएका प्रकाश सिहं भण्डारी सानै देखि क्रिकेटर बन्ने चाहाना राख्थे । उनलाई क्रिकेट भनेपछि चौपट्टै रुची लाग्ने…

क्रिकेटर बन्ने सपना देखेका प्रकाश बने प्रहरीको हिरो ।
जीवन पाण्डे बाग्लुङ । सुदुरपश्चिमको बैतडी जिल्ला साविकको नागार्जुन गाउँ विकास समिति वडा नं २ बर्तोलि र हालको दशरथचन्द्र नगरपालिका वडा नं ११ को एक गाउँमा सामान्य परिवारमा जन्मिएका प्रकाश सिहं भण्डारी सानै देखि क्रिकेटर बन्ने चाहाना राख्थे । उनलाई क्रिकेट भनेपछि चौपट्टै रुची लाग्ने । पढाईमा पनि राम्रो स्थानमा आउने उनी खेलकुदमा पनि निकै अगाडी थिए । सानै देखि तिक्ष्ण बुद्धि र चलाख भण्डारीलाई पुलिसको जागिर खाउला भन्ने कहिले लागेको थिएन् । उनी भविष्यमा एउटा राम्रो खेलाडी बनेर देशलाई चिनाउने उद्धेश्य राखेका थिए । त्यतिबेला बैतडीमा क्रिकेटको खुबै लहर चलेको थियो । उनी सबै प्रतियोगीतामा नछुटाई भाग लिन्थे । नेपाल आर्मीको हवल्दार पदबाट रिटायर्ड उनका बुबा नेपाल आर्मीको भलिबल क्लवबाट भलिबल खेल्थे । १६ वर्ष आर्मीको जागिरमा भलिबल खेलेरै बिताएका उनका बुबाले छोरा क्रिकेट खेलेको भने न कहिले रुचाए न कहिले सपोर्ट नै गरे । उनि ११ वर्षको हुदा उनका बुवाको निधन पश्चात आर्थिक अवस्था झनै कमजोर भएपछि क्रिकेट खेलेर दिन विताउने समय भएन् । माथिल्लो तहसम्म पढ्ने ईच्छा राखेका उनलाई विस्तारै खेलकुदले भन्दा पनि घरको अवस्थाले गाल्दै लग्यो । उनका दाई पनि उनी भन्दा एक कक्षा मात्रै अगाडि कक्षामा पढ्थे । दाई भन्दा भाईको पढाई निकै राम्रो थियो । आर्थिक समस्याका बाबजुद पनि उनले बैतडीमै एसएलसी सम्मको पढाई सकाए । उनलाई अझै पनि पढ्ने धोको थियो नै त्यसैले उनले विभिन्न समस्याका बाबजुद भारतको पिथौरागढमा गएर प्लस टुसम्मको पढाई पुरा गरे । त्यहाँ पनि उनलाई बस्न त्यत्ति सहज भएन पछि उनी पुन: नेपाल फर्किए नेपाल फर्किएपछि पनि आर्थिक समस्या ज्यूँका त्यूँ थियो । उनीहरु दुई भाईले नै उच्च शिक्षा अध्ययन गर्ने अवस्था रहेन । भाईको पढाई राम्रो भएका कारण दाजुले आफु विदेश गएरै भएपनि प्रकाशलाई पढाउने निधो गरे । उनी ब्याचलर पढ्न नेपाल नै आएपछि दाजु मलेसिया गएर भाईलाई पढाई खर्च पठाएर प्रकाशले त्यसभन्दा माथिको अध्ययन गर्न पाए । त्यो बेलासम्म उनलाई क्रिकेटको भुत भने कायमै थियो । त्यतिबेला उनले केही समय गाउँकै एक विद्यालयमा अध्यापन समेत गराए । नेपालमा खेलाडीलको भविष्य छैन भन्ने उनलाई थाहा थियो । तर उनको परिवारमा आर्थिक समस्या थियो । जसले उनको खेलाडी बन्ने लक्ष्यलाई परिवारबाट सहयोग प्राप्त भएन् । भलिबल मै जीवन व्यत्तित गरेका उनका बुबाले उनलाई न भलिबल खेलमा सहयोग गरे न क्रिकेटमा नै । २०७१ सालमा उनी ब्याचलर पढ्दै गर्दा प्रहरीमा असईको लागि भर्ती खुलेको थाहा पाए । सोही समय आवेदन दिएका उनले त्यसपछि २०७२ साल साउन १ गते असईमा नाम निकाल्न सफल भए । खेलाडी बन्ने ईच्छा भएपनि उनलाई सुरक्षाकर्मीको पेशा पनि राम्रै लाग्यो । जसरी पनि समाज र देशको नाम रोशन गर्ने हो समाजलाई केही आफुबाट होस भन्ने हो त्यो त सुरक्षाकर्मी भएर पनि गर्न सकिन्छ भन्ने उनलाई बल्ल लाग्यो । १२ महिना भरतपुर तालिम केन्द्रमा प्रशिक्षण लिदा तत्कालिनन एस.एस.पि रमेश खरेल उनका कमान्डेन्ट थिए । पछि १२ महिने कठोर तालिम पश्चात बल्ल नेपाल प्रहरीको असई पदमा नियुक्ति सदर भयो। रमेश खरेल सापको भाषण नै काफि हुन्थ्यो हामिमा जोश भर्न निरिक्षक भण्डारी भन्छन । शुरुवाति क्रममा उनले असई भएर प्रहरी प्रधान कार्यालय कार्यविभाग काठमाण्डौमा एक बर्ष काम गरे । २ वर्ष ११ महिना असईको जिम्मेवारी सम्हालेर काम गरे । त्यत्तिबेला उनले १ वर्ष ११ महिना विभिन्न तीन जना आईजीहरुको स्टाफ अफिसर भएर काम गर्ने अवसर सगैं अनुभव बटुल्न पाए । तत्कालिन ए आ ई जीहरु केदार साउद ,पशुपति उपाध्याय र मधु प्रसाद पुडासैनीको स्टाफ अफिसर भएको समयमा उनले गरेका कार्यसम्पादनको माथिल्लो तहबाटै प्रशसां भयो । त्यतिबेला त्यहाँ काम गर्दा केन्द्रीय निर्वाचन सेलमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उनी असई हुँदा नै प्रहरी प्रधान कार्यालय कार्यविभागबाट पुरस्कृत समेत भएका थिए । कहिले हेडक्वाटर त कहिले दाङमा हुँदै उनले त्यहाँ काम गर्दै असईको जिम्मेवारी पछि २०७४ सालको प्रहरी निरिक्षकको लोकसेवा परिक्षा पास गरि २०७५।०३।०१ गते उनी ईन्स्पेक्टर बन्न सफल भए । उनी जतिबेला ईन्सपेक्टर बने त्यत्तिबेला देखि उनको चर्चा चुलिएको छ । उनले फिल्मी शैलीमा आपराधिक गतिबिधिहरु नियन्त्रण गर्ने, पक्राउ गर्ने लगायतका कार्य सरल र छिट्टो सम्पादन गर्दै आएका छन् । ईन्सपेक्टरमा नियुक्ति भएपश्चात उनले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा १५ महिना ईन्स्पेक्टरको तालिम गरे । त्यसपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा डेढ महिना काम गरे । । त्यतिबेला उनलाई धेरै कुरा सिक्ने र अनुभव बटुल्ने अवसर मिल्यो । पढाईमा अब्बल उनी २०७५ सालमा एकैचोटी नेपाल प्रहरीको ईन्सपेक्टर र राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान विभागमा अनुसन्धान अधिकृत गरी दुवैमा नाम निकाल्न सफल भए । पहिले केही समय असई भएर काम गरेकाले उनलाई ईन्सपेक्टरको जिम्मेवारी राम्रो लाग्यो । ३ वर्ष नेपाल प्रहरीमा काम गरेको अनुभवले उनलाई ईन्सपेक्टर नै ठिक लाग्यो र उनी त्यतै लागे । त्यो बीचमा उनले पोलिटिकल साईन्सबाट डिग्री समेत गरे । अहिले उनले पुन : कानुनमा डिग्री गर्दैछन् । काम गर्दै गर्दा उनलाई दाई र दिदी भिनाजुले हौसला र आर्थिक सहयोग प्रदान गरे । ईन्सपेक्टरको जिम्मेवारी सम्हाल्दै गर्दा उनले २०७७ फाल्गुण १ गते पश्चिम बाग्लुङमा रहेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङको नेतृत्व गर्ने जिम्मेवारी सहित बाग्लुङ आए । भर्खरको ठिटो अनुभवले काँचै त्यही पनि उनको कार्यशैली देखेर अहिले स्थानीय निकै खुसी छन् । बुर्तिबाङ आउनासाथ उनले कानुनको बारेमा जानकारी दिने उद्धेश्यले बोर्डिङ र स्कुलमा जनचेतना मुलक कार्यक्रम गरे । पश्चिम बाग्लुङमा हुने विभिन्न आ*पराधिक गतिबिधिलाई उनले निकै मज्जाले कार्यसम्पादन गर्ने गरेका छन् । उनले सञ्जाल बनाएर आ*पराधिक क्रियाकलाप गर्नेहरुलाई तुरुन्तै पक्राउ गर्छन् । ह*त्या, ला*गुऔ*षध कारोबार, चो*रीत*स्करी देखि घरेलु हि*शां नियन्त्रण गर्न उनले गरेको प्रयासलाई अहिले सबैले खुलेरै प्रशसां गर्ने गरेका छन् । आफु नै फिल्डमा खटिएर काम गर्ने उनको शैलीलाई धेरैले निकै मन पराउँछन् । पछिल्लो समय कोरोना पोजेटिभ देखिएकाहरुलाई आफै एम्बुलेन्स लिएर लिन पुग्ने देखि , श*व व्यवस्थापन , क्वारेन्टाईन र आईसुलेसनको अनुगमनमा खटिएर निकै प्रशसां बटुले, सगैं उनले ला*गुऔ*षध कारोबार गर्दै आएका एक जनप्रतिनिधिलाई नै समातेपछि झनै वा वा चलेको छ । केही समय अगाडी १ क्विन्टल गाँ*जा समातेको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय बाग्लुङले पुरस्कृत समेत गरेको छ । कुनै समय क्रिकेटर बन्ने सपना देखेका भण्डारीलाई अहिले भने प्रहरी पेशा नै राम्रो लाग्न थालेको छ । समाजमा हुने विभिन्न क्रियाकलापसगं प्रत्यक्ष नजिकै रहेर काम गर्दा उनलाई अचेल आनन्द आउन थालेको छ । अहिले यही क्षेत्रमै केही गरेर समाजमा राम्रो काम गर्ने ईच्छा उनलाई छ । समाजमा धेरै घ`टनाहरु कानुनको बारेमा अज्ञानताले हुने गर्दछन्,पहिले हामीले समाजमा चेतना फैलाउन जरुरी छ भण्डारीले भने । ग्रामीण भेगमा कानुनी ज्ञानको अभाव भएकाले आफ्नो कार्यकाल लम्बियो भने प्रत्येक विद्यालय र कलेजमा पुगेर कानुनी कक्षा दिने उनको योजना छ । सधै पाका मान्छेहरुलाई मात्र बुर्तिबाङमा ईन्स्पेक्टरको रुपमा देखेका स्थानीयले अहिले युवा र जोशिलो ईन्स्पेक्टरको आगमन हुँदा निकै खुसी छन् ।