अघिल्लो वर्षको वेरुजु फस्र्यौट भैसकेको मुसिकोट नगरपालिकाको स्पष्टिकरण, भ्रममा नपर्न आम नागरिकलाई आग्रह ।।

अघिल्लो वर्षको वेरुजु फस्र्यौट भैसकेको मुसिकोट नगरपालिकाको स्पष्टिकरण, भ्रममा नपर्न आम नागरिकलाई आग्रह ।।

देश दुनिया खबर
2 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

कमल पौडेल, बागलुङ – गुल्मीको मुसिकोट नगरपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै महालेखापरीक्षकको वार्षिक लेखापरीक्षण प्रतिवेदन २०७५ मा आर्थिक वर्ष २०७४/०७५ को लेखापरिक्षण प्रतिवेदन अनुसार बेरुजु रकम ४ करोड ३४ लाख १ हजार ४२० भएको सन्दर्भमा ध्यानाकर्षण भएको जनाएको छ। आम सञ्चार माध्यममा विभिन्न समाचार तथा क्रिया प्रतिक्रिया आएको भन्दै नगरपालिकाले गत वर्षको वेरुजु फस्र्यौट भैसकेको जानकारी गराएको छ।

नगरप्रमुख सोमनाथ सापकोटा द्धारा हस्ताक्षरीत विज्ञप्तीमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि दिइएको पेश्की २ करोड ७५ लाख ७२ हजार ८ सय गत श्रावणमै फस्र्यौट भएको, योजना सञ्चालनका लागि नियमानुसार दिइएको पेश्की ९८ लाख ५९ हजार १ सय ५३ रुपैया विकास आयोजना सम्पन्न हुँदा पूर्ण फस्र्यौट हुने, नियमित गर्नुपर्ने ५२ लाख ९१ हजार ६ सय ६९ रुपैया थप प्रमाण सहित सम्परीक्षण पश्चात रुजु हुने र असुल गर्नुपर्ने ६ लाख ७८ हजार ६ सय ९८ रुपैया असुल उपर गरिसकिएको स्पष्ट पारीएको छ। विज्ञप्तीमा यस आर्थिक वर्षको लेखापरीक्षण भैनसकेकोले सम्परीक्षण नगरीएको, वेरुजुहरु फस्र्यौट भैसकेको तर सम्परीक्षण गर्न वाँकी रहेको तथा यस आर्थिक वर्ष २०७५÷७६ को लेखा परीक्षण भई समयमै रुजु हुने बताइएको छ। सुशासन प्रवद्र्धनका लागि नागरीक सञ्जाल गुल्मीले सोमवार प्रमुख जिल्ला अधिकारी समक्ष जिल्ला भरका सरकारी कार्यालयहरुको आर्थिक अवस्था समेटेर प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदनले केहि अन्योलता सिर्जना गरेको भन्दै नगरपालिकाले प्रष्टीकरण दिएको हो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय