असोज मसान्तसम्म लुटिएका हतियार फिर्ता गरे गृहले सम्मान गर्ने‍

असोज मसान्तसम्म लुटिएका हतियार फिर्ता गरे गृहले सम्मान गर्ने‍

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । गत भदौ २३ र २४ गते काठमाडौं लगायत मुलुकका विभिन्न भागमा भएका प्रदर्शनका क्रममा सुरक्षा निकायबाट हराएका हतियार तथा खरखजाना बुझाउन गृह मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै ती हतियारहरु नजिकको सुरक्षा निकायमा फिर्ता गर्न अनुरोध गरेको हो ।

मन्त्रालयका अनुसार, प्रदर्शनका क्रममा विभिन्न स्थानमा सुरक्षाकर्मीबाट केही हातहतियार र खरखजाना हराएका थिए । यस सम्बन्धमा प्रहरीले त्यस्ता हातहतियार फेला पार्ने व्यक्तिहरूलाई आगामी असोज मसान्तसम्मको समय दिएको छ । सूचनामा भनिएको छ, ‘विभिन्न ठाउँमा रहेका सुरक्षा निकायबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेको भए नजिकको सुरक्षा निकायमा फिर्ता गर्न आग्रह गरिन्छ ।’

मन्त्रालयले तोकिएको मितिभित्र (असोज मसान्तसम्म) हातहतियार र खरखजाना बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने प्रतिबद्धता व्यक्त गरेको छ । 

यद्यपि, मन्त्रालयले चेतावनी पनि दिएको छ । तोकिएको मितिपश्चात कोही कसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानुनबमोजिम कडा कारबाही हुने स्पष्ट पारेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय