एक्लै हिँडिरहेकी युवतीमाथि अश्लील हर्कत, भिडियो भाइरल भएपछि पक्राउ

एक्लै हिँडिरहेकी युवतीमाथि अश्लील हर्कत, भिडियो भाइरल भएपछि पक्राउ

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

ललितपुरको इमाडोल क्षेत्रमा एक युवतीप्रति अश्लील हर्कत गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार पक्राउ पर्नेमा बैतडी घर भएका सुरेन्द्र भट्ट छन्। उनी शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत सरकारी कर्मचारी रहेको खुलेको प्रहरीले जनाएको छ।

आइतबार साँझ करिब ६:३० बजेतिर इमाडोलस्थित एक गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई लक्षित गर्दै भट्टले अश्लील व्यवहार गर्दै आफ्नो गोप्य अङ्ग प्रदर्शन गरेको आरोप छ। घटनापछि युवतीले हिम्मतका साथ मोबाइलबाट आरोपीको भिडियो खिच्दै उनलाई पछ्याएकी थिइन्।

युवतीले उक्त भिडियो सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक गर्दै आरोपीलाई पक्राउ गरिदिन आग्रह गरेकी थिइन्। भिडियोमा स्थानीय एक व्यक्तिले आरोपीलाई नियन्त्रणमा लिएको, त्यसपछि उनले पीडितसँग माफी माग्दै खुट्टा ढोगेको दृश्यसमेत देखिन्छ।

पीडितले प्रहरीमा निवेदन दिएपछि प्रहरी प्रभाग इमाडोलले घटनाको अनुसन्धान सुरु गरेको थियो। प्रहरीले घटनास्थल आसपासका सिसिटिभी फुटेज संकलन गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीले पक्राउ परेका भट्टमाथि प्रचलित कानुनअनुसार आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय